सिद्धार्थ बैंक आईएमई पे वालेटमा आवद्ध

निरोज कुमार थापा

निरोज कुमार थापा

May 30, 2018 | 03:48:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक आईएमई पे वालेटमा आवद्धआइएमई पेका सेवाग्राहीहरूले अवदेखि सिद्वार्थ बैंक लिमिटेडको खातामा लिङ्क गरि आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् । सिद्वार्थ बैंकले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउनेछ । बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज र विभिन्न प्रकारका अनलाइन र अफलाइन भुक्तानी सेवा बाहेक मनी ट्रान्सफर सम्बन्धी सुविधा पनि प्राप्त गर्न सक्नेछन । 

आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र सिद्वार्थ बैंकबीच ‘आइएमई पे वालेट’ मार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा गत फागुनमा भएको हस्ताक्षर अनुसार यो सेवा प्रदान गर्न लागिएको हो । सिद्वार्थ बैंक लिमिटेड ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved