जनता बैंकद्धारा विद्यार्थीहरुलाई स्टेस्नरी र विद्यालयलाई पानी तान्ने पम्प सहयोग

निरोज कुमार थापा

निरोज कुमार थापा

May 31, 2018 | 04:03:09 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपाल लिमिटेडले नवलपरासीको सरावल गाउँपालिकास्थित आदर्श माविका कक्षा ५ सम्मका ११४ जना विद्यार्थीलाई झोला र स्टेस्नरी सामाग्री सहयोग गरेको छ । रुपन्देहीस्थित बैंकको देविनगर शाखाको इन्चार्ज मार्टिना चौधरीको नेतृत्वमा गएको कर्मचारीहरुले एक समारोहकाबिचउक्त सामाग्री हस्तान्तरण गरेको हो । 

यसैगरी दमकडा मा.वि. प्रभास पाल्पामा खानेपानीको पम्प खरिद गर्न बैंककले २४ हजार सहयोग गरेको छ । फरक क्षमताभएका (दृष्टीविहीन) सहित ७१५ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा बैंकको प्रभास शाखाका प्रबन्धक अजयकुमार श्रेष्ठले विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटालाई सहयोग रकम हस्तान्तरण गरे । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved