कामना सेवा बैंकको नयाँ शाखा बांकेको बैजनाथ गाउपालिकामा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 05, 2018 | 04:55:54 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक लिमिटेडले बांके जिल्लाको बैजनाथ गाउपालिका स्थित जी गांउमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैजनाथ गाउपालिका प्रमुख मान बहादुर रुचालले उक्त शाखाको उद्घाटन गरे । यो बैंकको ५० औं शाखा हो । 

अधिकृत पूंजी ३ अर्व रहेको यस बैंकको चूक्तापूंजी २ अर्व ३५ करोड ७१ लाख ३१ हजार ६ सय ३२ रहेको छ । बैंकले हाल सम्म करिब १४ अर्व ४० करोड निक्षेप संकलन गरी करिब १३ अर्व ३० करोड कर्जा लगानी गरिसकेको छ भने चैत्र मसान्त सम्म करिब ३६ करोड संचालन मुनाफा आर्जन गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved