वतावरण दिवसको अवसरमा एभरेष्ट बैंकद्धारा वृक्षरोपण

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 05, 2018 | 05:25:55 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व वातावरण दिवसको अवसरमा एभरेष्ट बैंकले काठमाडौं महानगरपालिका वाड नं ३ र पिडिएसएसको समन्वयमा लाजिम्पाटदेखी महाराजगञ्जसम्म दुवैतर्फ सडक किनारामा वृक्षरोपण गरेको छ । 

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, बैंकका प्रमुख कार्यकारी अधिकृत शोमेश्वर सेठले संयुक्त रुपमा वृक्षरोपण गरे । वातावरण जोगाउँ हरियाली बनाऔं बन्ने मुल नाराका साथ भएको वृक्षरोपण कार्यक्रममा काठमाडौं महानगरपालिका वाड नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ, वाड नं ३ का अध्यक्ष दिपक केसी तथा एभरेष्ट बैंकका अधिकृत तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । 

बैंकले वढ्दो वातावरण प्रदुर्षण न्युनिकरण गर्न तथा हरियाली कायम राख्न वृक्षरोपण गरेको जनाएको छ । बैंकले हाल आफ्ना ८० वटा शाखा, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved