तुलसीपुरमा कामना सेवा विकास बैंकको नयाँ शाखा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 06, 2018 | 06:09:06 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक लिमिटेडले दाङ्ग जिल्लाको तुलसीपुर उपमहानगरपालिका नयाँ शाखा स्थापना गरेको छ  ।  बैंकले उपमहानगरको वडा नम्बर ५,वि.पि चोकमा शाखा स्थापना गरी कारोबार सुरु गरेको हो  । 

विशेष गरी पहाडी जिल्ला सल्यान, पूर्वी रुकुम, पश्चिम रुकुम, रोल्पा र जाजरकोटको ब्यापारीक केन्द्रको रुपमा विकसित भएको तुल्सीपुरमा आर्थिेक विकास र ब्यवशायिक उद्यमसिलता विकासमा बैंकले भुमिका खेल्न सक्ने अपेक्षा सहित शाखा स्थापना गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले बताए ।

 दाङ्ग जिल्लामा कामना सेवाको यो तेश्रो शाखा कार्यालय हो । यस बैंकले दाङ्ग जिल्लाको घोराही र लमहीमा शाखा स्थापना गरिसकेको छ ।

अधिकृत पूंजी ३ अर्व रहेको यस बैंकको चूक्तापूंजी २ अर्व ३५ करोड ७१ लाख ३१ हजार ६ सय ३२ रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved