जनता बैंक र भिसा ईन्टरनेशनलबीच पिओएस सेवा सञ्चालन सम्बन्धि सम्झौता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 06, 2018 | 06:14:37 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक  नेपाल लिमिटेडले भिसा ईन्टरनेशनलसँग आवद्घ भई देशभरी रहेका आफ्ना शाखा सञ्जाल मार्फत विभिन्न व्यापारिक संघ संस्था, अस्पताल आदिबाट पिओएस (pos)  सेवा सञ्चालनमा ल्याएको छ ।

उक्त सेवा सञ्चालन पश्चात स्वदेश तथा विदेशका बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले आफ्ना डेविट तथा क्रेडिट कार्ड मार्फत नगद रहित भुक्तानी कारोवार गर्न सक्ने बैंकले जनाएको छ  ।

जनता बैंक नेपाल लिमिटेडका ट्रान्जाक्सन बैंकिङ्ग विभाग प्रमुख  निरज शर्मा र आईमार्क प्रा. लि. का प्रबन्ध निर्देशक रामप्रसाद ढुगांनाले पिओएस सेवा सम्बन्धी सम्झौतामा आज हस्ताक्षर गरेका हुन्  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved