इलाम र धनुषामा प्रभु बैंकको थप २ शाखा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 06, 2018 | 06:18:29 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकले ईलाम जिल्लाको सन्दकपुर गाउँपालिका १ र धनुषा जिल्लाको मुखियापट्टी मुसहरमिया गाउँपालिकामा १ गरी २ वटा शाखा कार्यालय आज बुधबारदेखि सञ्चालनमा ल्याएको छ । ईलाम जिल्लाको सन्दकपुर गाउँपालिका वडा नं. ३ स्थित बैंकको सन्दकपुर शाखा कार्यालय  सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादुर राईले र  धनुषा जिल्ला मुखियापट्टी मुसहरिमिया गाउँपालिका वडा नं. ३ स्थित मुखियापट्टी मुसहरमिया शाखा कार्यालय मुखियापट्टी मुसहरमिया गाउँपालिकाका अध्यक्ष मनोज यादवले गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी दुवै गाउँपालिकाका अध्यक्षहरुले उद्घाटन मन्तव्य राख्ने क्रममा बैंकले स्थानीय तहका गाउँपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएर बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गर्दै अब गाउँपालिकाका हरेक नागरिकले आप्mनो नजिकैबाट प्रभु बैंकको बैंकिङ्ग सेवा उपभोग गर्न सक्ने वातावरण बनेको बताए  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved