गरिमा बैंकले ल्यायो ९ प्रतिशत ब्याज पाइने 'गरिमा दम्पति बचत खाता'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 06, 2018 | 06:21:39 PM मा प्रकाशित

laxmi  sunrise bank

“सर्वोच्च सम्पत्ति सुखी दम्पति” भन्ने नाराका साथ गरिमा विकास बैंकले “ गरिमा दम्पति बचत खाता” संचालनमा ल्याएको छ । प्रदेश नं. १ अन्र्तगत झापा, मोरङ्ग र सुनसरी जिल्लाका विभिन्न स्थानमा स्थापित ८ वटा शाखा कार्यालयको उद्घाटनलप पूर्वसन्ध्यामा बैंकले ९ प्रतिशत व्याजदरको नयाँ खाता सञ्चालनमा ल्याएको हो ।

जेठ २३ गते बुधबार झापाको मेची पुलबाट गरिमा विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले उक्त खाताको सुरुवात गरेका हुन् । नयाँ खातामा उपलब्ध निशुल्क सेवाबाट बैंकमा खाता खोल्नेहरु लाभान्वित हुने बैंकका अध्यक्ष बरालको भनाई छ । 

बैंकमा उक्त खाता खोल्ने ग्राहकहरुले बार्षिक ९ प्रतिशत व्याज प्राप्त गर्नुका साथै एटीएम कार्ड, मोबाईल बैंकिङ्ग सुविधा, सि–आश्वा सुविधा र एविविएस सुविधा समेत निःशुल्क रुपमा प्राप्त गर्नेछन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved