सेञ्चुरी बैंक र ओम हस्पिटलबीच सेवा छुट सम्बन्धि सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 07, 2018 | 05:12:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक र ओम हस्पिटल एण्ड रिर्सच सेन्टर प्रा. लि. बीच सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु तथा बैंकका शयेरधनिहरुले १० प्रतिशतसम्म प्याथोलोजी, अल्ट्रासाउन्ड, सीटी स्क्यान, मेम्मोग्राम, दन्त प्रक्रिया, सर्जरी, बेड चार्ज, रेडियोलेजी तथा अन्य जांचमा छुट पाउनेछन् । 

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र हस्पिटलका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरे ।  

बैंकले हाल काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved