मेगा बैंकद्धारा जीवन साथी र स्वर्णिम बचत खाता योजना

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 07, 2018 | 06:06:08 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल लिमिटेडले नयाँ बचत खाता योजना ल्याएको छ । बैंकले ‘मेगा जीवन साथी बचत खाता’ र ‘मेगा स्वर्णिम बचत खाता’ योजना ल्याएको हो । 

बिहे गर्ने तयारीमा रहेका र विवाहित जोडीलाई प्राथमिकता दिएर ‘मेगा जीवन साथी बचत खाता’ योजना ल्याइएको बैंकले जनाएको छ । न्यूनतम ५ हजार रुपैँयामा खोल्न सकिने यो खातामा त्रैमासिक रुपमा भुक्तानी हुने गरी बार्षिक ७ प्रतिशत ब्याज पाइनेछ । यस योजनामा ग्राहकहरुलाई चेकबुक, अनलाइन बैंकिङ, अकाउन्ट स्टेटमेन्ट, सी–आस्वा लगायतका सुविधा निःशुल्क रुपमा प्रदान गरिनेछ । 

मेगा भिसा डेबिट र क्रेडिट कार्ड, मेगा स्मार्ट मोबाइल बैंकिङ लगायतका सुविधा समेत लिन पाइने यस योजनामा ग्राहकहरुलाई पाँच लाख रुपैँयासम्मको निःशुल्क दुर्घटना मृत्यु बिमा, ५० हजार रुपैँयासम्मको निःशुल्क स्वास्थ्य बिमा, सामान खरिदका लागि पाँच लाख रुपैँयासम्मको इएमआई सेवा दिइने मेगा बैंकले जनाएको छ । 

बैंकले ‘मेगा स्वर्णिम बचत खाता’ योजनामा पनि सुविधाहरु समावेश गरेको छ । दैनिक ८ प्रतिशत ब्याज पाइने यो खाता पाँच हजार रुपैँयामै खोल्न सकिनेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved