दरौँदी १ जलविद्युत आयोजनाको लागि स्रोत जुट्यो, जनता बैंकको नेतृत्वमा ३ बैंकले ऋण दिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 08, 2018 | 10:36:03 AM मा प्रकाशित

laxmi  sunrise bank

कालिका ग्रुप अन्तर्गत डायमण्ड हाईड्रोपावर प्रालिले प्रवर्धन गरेको १० मेगावाट जडित क्षमताको माथिल्लो दरौँदी १ जलविद्युत आयोजनाको लागि वित्तीय ब्यबस्थापन जुटेको छ  । जनता बैँक नेपाल लि.को नेतृत्व र थप दुई बैँक कुमारी बैँक लि. र सेञ्चुरी कमर्सियल बैँक लि. को सहभागितामा रु १ अर्ब ३४ करोड ८० लाख परियोजना कर्जाको वित्तीय व्यवस्थापन सम्पन्न भएको हो । लगानी सम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट निकोलस पाण्डे र कन्सोर्टियम बैँकका तर्फबाट जनता बैंक नेपाल लिमिटेडका काठमाडौं क्षेत्रीय प्रमुख कल्याण विक्रम पाँडेले बिहिबार हस्ताक्षर गरेका छन् । 

आयोजनाको निर्माण लागत रु. १ अर्ब ९२ करोड रहेकोमा कुल लागतको ७० प्रतिशत रकम बैंकहरुले परियोजना कर्जा प्रदान गर्ने छन् । 

माथिल्लो दरौँदी १ जलविद्युत आयोजना गोरखा जिल्लामा अवस्थित दरौदी खोलामा निर्माण हुनेछ । कालिका गु्रपबाट प्रवर्धित चालु अवस्थामा रहेको ६ मेगावाट दरौंदी ए को टेलरेसको पानी र दरौंदी खोलामा २० मिटरको बाँध बाँधी १४.९६ क्युसेक पानी करिब २९५० मिटर पाइप, २०२४ मिटर सुरुङ र करिब ७२४ मिटर पेनस्टक पाइपको माध्यमद्धारा विद्युत गृह मा जडित फ्रान्सिस्  टरवाइन (२ वटा)को माध्यमले विद्युत उत्पादन गरे पछि सम्पूर्ण पानी पुनः दरौंदी खोलामा छोडिने छ । 

परियोजना प्रतिबेदन अनुसार आयोजनाबाट वार्षिक ५१,८३२,८८८ युनिट विद्युतीय उर्जा उत्पादन हनेछ । उत्पादित उर्जा नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद विक्रि सम्झौता अनुसार न्यू मस्र्याङ्दी सबस्टेसन, तनहुँमा जडान गरिनेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved