गरिमा बैंकका ४ शाखा उद्घाटन

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 08, 2018 | 02:19:50 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक लिमिटेडले बिहिबार एकैदिन ४ शाखाको उद्घाटन गरेको छ । बैंकले झापा र मोरङ्गका विभिन्न ४ शाखाको उद्घाटन गरेको हो । 

बैंकले झापाको विर्तामोड, बुधबारे र बनियानी तथा मोरङ्गको विराटचोक शाखाको उद्घाटन गरेको हो । विर्तामोड शाखाको उद्घाटन विर्तामोड नगरपालिकाका मेयर ध्रुव शिवाकोटी, बुधबारे शाखाको बुद्धशान्ति गांउपालिकाका अध्यक्ष रमेश कुमार भुजेल, बनियानी शाखाको कचनकवल गांउपालिकाका अध्यक्ष अन्जार आलम र विराटचोक शाखाको सुन्दर हरैचा नगरपालिकाका मेयर शिव ढकालले उद्घाटन गरे ।

बैंकले बुधबार मात्रै गरिमा दम्पति बचत खाता र गरिमा कर्मचारी बचत खाता समेत सञ्चालनमा ल्याएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved