ग्लोबल आइएमई बैंकका ग्राहकले ग्राण्डी इन्टरनेश्नल हस्पिटलमा उपचारमा छुट पाउने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 08, 2018 | 03:08:41 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक र ग्रांडी इन्टरनेश्नल हस्पिटलबीच स्वास्थ्य सेवा तथा सुविधाहरुमा छुट दिने सम्बन्धमा सम्झौता भएको छ। यस सम्बन्धि सम्झौतामा बैंक र हस्पिटलबीच एक कार्यक्रमका बीच हस्ताक्षर भएको छ।

सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख गणेश अवस्थी र ग्राण्डी ईन्टरनेशनल हस्पिटलका बजार व्यवस्थापन एंव व्यवसाय विकास प्रमुख प्रतिक तिवारीले हस्ताक्षर गरे। 

सम्झौता अनुसार ग्राण्डीले बैंकका ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिनेछ। ग्राण्डीमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट-क्रेडिट कार्ड लिएका बैैंकका ग्राहकले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ७.५ प्रतिशत छुट पाउने छन् ।  

आफ्ना ग्राहकहरुलाई बैकिङ बाहेक अतिरिक्त सेवा तथा सुविधा प्रदान गर्ने उदेश्यले बिभिन्न संस्थासंग समन्वय गरि यस्ता योजनाहरु ल्याइएको बैंकले जनाएको छ। 

बैंकले हाल देशभर रहेका १२९ शाखा, १३१ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर, ८९ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि-सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ।   

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि सम्पर्क कार्यालय स्थापना गरि ति देशमा रहेका नेपालीहरुहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved