गरिमा विकास बैंकका ४ शाखाको उद्घाटन

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 08, 2018 | 05:29:27 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक लिमिटेडले शुक्रबार सुनसरी र मोरङ्गका विभिन्न ४ स्थानमा शाखा कार्यालयको उद्घाटन गरेको छ ।  बैंकले सुनसरीको ईटहरी र धरान तथा मोरङ्गको विराटनगर र टंकीसिनवारी शाखाको उद्घाटन गरेको हो । 

ईटहरी शाखाको उद्घाटन ईटहरी उप–महानगरपालिकाका मेयर द्धारिकालाल चौधरी, धरानशाखा धरानउप–महानगर पालिकाकी उपमेयर मन्जु भण्डारी सुवेदी, बिराटनगर शाखा बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुली र टंकीसिनवारी शाखा बुढीगंगा गाउपालिकाका अध्यक्ष बालचन्द माझीले उद्घाटन गरे । 

बैंकले केही दिन अघि मात्रै गरिमादम्पति बचत खाता र गरिमाकर्मचारी बचत खाता सञ्चालनमा ल्याएको छ । हाल बैंकले ५७ शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved