एनआईसी एशिया बैंकले सर्लाही जिल्ला बरहथवा नगरपालिका वडा नं ५ स्थित बरहथवा शाखा र बागमती नगरपालिका वडा नं १२ स्थित बागमती शाखाको आईतबार उद्घाटन गरेको छ । बरहथवाका उद्योग वाणिज्य संघका अध्यक्ष निरन्जन प्रसाद दासबाट बरहथवा शाखाको र बागमती नगरपालिकाका मेयर भरत कुमार थापाबाट बागमती शाखाको उद्घाटन भयो ।
यसैबीच झापा जिल्ला बिर्तामोड नगरपालिकाको गरामनी बजारमा बैंकले नवांै शाखारहित बैंकिङ्ग सेवा जेष्ठ २७ गतेबाट संचालनमा ल्याएको छ । सो शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन प्रदेश नं. १ का प्रदेश सभासद माननीय एकराज कार्कीले गरे ।