सुरु भयो ब्याजदर बढाउने प्रतिस्पर्धा, बचत र मुद्दती दुबैमा सिभिल बैंकको सर्वाधिक ब्याज

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 12, 2018 | 09:48:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकर्स संघले सदस्य बैंकहरुका बीचमा ब्याजदरको सम्बन्धमा यस अघि गरेको भद्र सहमती खारेज गरेसंगै बैंकहरुबीच फेरी ब्याजदरमा प्रतिस्पर्धा सुरु भएको छ। 

ब्याजदरको सम्बन्धमा भद्र सहमति खारेज भए लगत्तै एनआईसी एसियाले एक बर्ष अवधिको धनबर्षा मुद्धती खाताको निक्षेपमा प्रदान गर्ने १२ प्रतिशत ब्याजदरलाई पनि पछी पार्दै सिभिल बैंकले बचत र मुद्धती दुबैमा उच्च ब्याजदर प्रदान गर्ने सूचना सार्वजनिक गरेको छ। 

सिभिलले बचतकर्तालाई उच्च प्रतिफल दिने भन्दै २२२ दिने मुद्धती खातामा १२.२२ प्रतिशत र चन्द्रसूर्य बचत खातामा १० प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने योजना सार्वजनिक गरेको हो । बचत खातामा न्यूनतम १० हजार र मुद्धती बचतमा तीन लाख रुपैयाँ मौज्दात हुनुपर्ने मापदण्ड बैंकले तोकेको छ ।

बैंकले साधारण बचत खातामा १० प्रतिशत वार्षिक ब्याजदरका अतिरिक्त निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एस.एम.एस. र मोबाइल बैंकिङ सेवा, लकरको वार्षिक शुल्कमा शतप्रतिशत छूट तथा पाँच लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु/अपाङ्गताको निःशुल्क बीमा ग्राहकहरुकै घरदैलोमा सेवा प्रदान गर्ने बैंकले जनाएको छ।

सिभिल बैंकले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा/योजनाहरु प्रदान गर्दै जाने बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताए।

बैंकर संघका सदस्यबीचको ब्याजदर सम्बन्धमा भएको भद्र सहमति खारेजीले अबका दिनमा ब्याजदर झनै बढ्ने आंकलन गरिएको छ। आफ्नो निक्षेप बचाउनकै लागि भएपनि बैंकहरुबीच ब्याजदरमा फेरी प्रतिस्पर्धा देखिने विश्लेषण गरिएको छ। ब्याजदर वृद्धिसंगै सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य जोखिममा परेको विश्लेषण गर्न थालिएको छ। 

मुद्दती तथा बचतको ब्याजदर वृद्धिसंगै कर्जाको ब्याजको दर कम्तिमा पनि १७-१८ प्रतिशत पुग्ने सम्भावना छ। जस कारण सरकारले लिएको ६।५ प्रतिशतको मुल्य वृद्धिको सिमा नाघ्ने निश्चित छ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved