लघुवित्तले पनि ल्याउने भयो बिदेशबाट ऋण, निर्धन र बिश्व बैंक सदस्यबीच सम्झौता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 13, 2018 | 06:13:11 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्धन उत्थान बैंक लिमिटेडले र बिश्व बैंकको सदस्य इन्टरनेश्नल फाइनान्स कर्पोरेशनबीच कर्जाको लागि संझौता भएको छ । निर्धन उत्थान बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्त र क्ष्लइन्टरनेश्नल फाइनान्स कर्पोरेशनका नेपालका लागि रेसिडेन्ट प्रतिनिधि मोहम्मद रेहन रसिद बीच हस्ताक्षर गरी संझौता भएको हो । यस संझौता नेपाल राष्ट्र बैंकबाट  अनुमोदन भएपश्चात इन्टरनेश्नल फाइनान्स कर्पोरेशनले निर्धन उत्थान बैंक लिमिटेडलाई एक अरब रुपैयाँ कर्जा प्रदान गर्ने छ । 

निर्धन उत्थान बैंक लिमिटेड देशको ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एक मात्र देशको सबै जिल्लामा पुगेको राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । बैंकले ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक विकासको लागि विभिन्न प्रकारका तालिमहरु समेत प्रदान गर्दै आई रहेको छ

बैंकले देशको ७ वटै प्रदेशका देशको ७७ वटा जिल्लाहरुमा बैंकले १७९ वटा शाखा कार्यालय, १० वटा क्षेत्रीय कार्यालय, केन्द्रीय कार्यालय गरी १९० वटा कार्यालयहरुको विशाल संजाल बनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved