'बाणिज्य बैंकको संख्या घटाउनुपर्छ'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 13, 2018 | 01:23:03 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकहरुलाई फोर्स मर्जरमा लैजानु पर्ने आवाज उठिरहँदा बैंक तथा वित्तीय संस्थाका संगठनबाट बाणिज्य बैंकको संख्या घटाउनु पर्ने सुझाब आएको छ। राजधानीमा आयोजित मौद्रिक नीति सम्बन्धि अन्तरक्रियामा बोल्दै नेपाल डेभलपमेन्ट बैंकर्स संघका कार्यबाहक अध्यक्ष गोबिन्द ढकालले बाणिज्य बैंकको अहिलेको संख्यालाई १५ वटामा सिमित गर्नु पर्ने बताएका छन। 

बैंक वित्तीय संस्थाको पूंजी वृद्धिको माध्यम हकप्रदलाई बनाईदा ब्याजदर अस्थिरताको समस्या आएको बताउदै अध्यक्ष ढकालले बाणिज्य बैंकहरुका बीचमा अझै मर्जर आवश्यक रहेको बताए। 

मौद्रिक नीतिका सम्बन्धमा सुझाब दिंदै ढकालले हकप्रदलाई पुंजीवृद्धिको आधार बनाउदा उत्पन्न समस्यालाई हेरेर पनि बाणिज्य बैंकहरुका बीचमा मर्जर गराउन आवश्यक भएको बताए। 'ठुला बैंकहरुका बीचमा अझै मर्जर आवश्यक छ, अहिलेको संख्या घटाएर १२ देखि १५ वटा मात्रै संचालन गर्नुपर्छ' उनले भने। 

त्यस्तै ढकालले विकास बैंकहरुलाई समेत स्थानीय स्तरको सरकारी खाता संचालन गर्न दिनुपर्नेमा जोड दिए। 'विकास बैंकको महत्त्व काठमाडौं उपत्यकाको तुलनामा स्थानीय स्तरमा बढी छ, विकास बैंकले स-साना ऋण उपलब्ध गराउछ, त्यसैले पनि विकास बैंकलाई स्थानीय स्तरको सरकारी खाता संचालन गर्न दिनुपर्छ' ढकालले भने। 

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरिन्जीबी नेपाललाई मौद्रिक नीतिका सम्बन्धमा सुझाब दिंदै ढकालले कृषिमा अनिवार्य ऋण लगानी गर्नुपर्ने प्राबधान भएपनि आगामी मौद्रिक नीतिमा सोहि अनुसार छुटको व्यवस्था हुनु पर्ने बताए।  

फाइल फोटो

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved