आइएमई ग्रुप १८औँ वर्षमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 13, 2018 | 01:24:24 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई ग्रुप १७औँ वर्ष पार गरेर १८औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले यस अवसरमा व्यावसायिक साझेदार एवम् सहकर्मी मित्रहरू, सेवाग्राहीहरू तथा शुभचिन्तक सबै प्रति आइएमई नेतृत्व ÷व्यवस्थापनप्रति आभार प्रकट गरेको छ। 

१८औं वार्षिकोत्सवका अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै कुनै पनि कामप्रति समर्पण र पेशाप्रतिको इमान्दारिता हुनुपर्ने बताए। आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले कर्मचारीहरूको सीप विकास र क्षमता अभिबृद्विमा विशेष ध्यान दिइएको बताउँदै प्रतिष्पर्धा आफैंले आफैंसँग गर्नुपर्ने बताय  । प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले एउटा कर्मचारीका लागि आइएमई ग्रुपमा धेरै अवसरहरु भएको बताउँदै त्यो अवसरलाई उपयोग गर्ने क्षमता सवैमा विकास होस् भन्ने शुभकामना व्यक्त गरे । 

वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ९५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा १८औँ वार्षिकोत्सवका दिनसम्म दश वर्ष सेवाअवधि पुरा गरेका कर्मचारीहरूलाई अध्यक्ष, प्रवन्ध निर्देशक र प्रमुख कार्यकारी अधिकृतले प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।   

 कम्पनीले  हालसम्म १ सय ७४ आइएमई सेन्टर सहित ७७ जिल्लाका ७ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत्  छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट रेमिट्यान्स वितरण गर्दै आईरहेको जनाएको छ । आईएमई ग्रुपले  रेमिटेन्स बाहेक बैङ्क तथा वित्तीय संस्था, अटोमोबाइल, सूचनाप्रविधि, बीमा, उर्जा, केबलकार, हस्पिट्यालिटी लगायतका व्यावसायिक क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved