Announcement IPO Result



मोहम्मद अज्मत अलि/बिजपाटी     Jun 13, 2018 | 11:20:51 PM



shivam cement

नेपाल बैंकर्स संघले सदस्य बैंकहरुका बीचमा ब्याजदरको सम्बन्धमा यस अघि गरेको भद्र सहमती खारेज गरेसंगै बैंकहरुबीच फेरी ब्याजदरमा प्रतिस्पर्धा सुरु भएको छ। 

सिभिलले बचत र मुद्दती दुवैमा सर्वाधिक ब्याजको घोषणा गरि ब्याजदर वृद्धिको प्रतिस्पर्धामा खरो उत्रिएको छ। सिभिलले बचत खातामा सर्वाधिक १०% वार्षिक ब्याजदर प्रदान गर्ने गरि “चन्द्रसूर्य बचत खाता” ल्याएको छ। यो खाता खोल्न ग्राहकले कम्तिमा १० हजार रुपैयाँ मौज्दातमा राख्नुपर्ने हुन्छ। 

निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एस.एम.एस. बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकरको वार्षिक शुल्कमा शतप्रतिशत छूट तथा रु पाँच लाख सम्मको दूर्घटना मृत्यु÷अपाङ्गताको निःशुल्क बीमा हुनुका साथै ग्राहकहरुलाई ग्राहकहरुकै घरदैलोमा गई सेवा प्रदान गरिने बैंकले जनाएको छ। 

त्यसैगरि बैंकले ग्राहकहरुलाई उच्च प्रतिफल दिने क्रममा २२२ दिने मुद्दती खातामा १२.२२% वार्षिक ब्याजदर प्रदान गर्ने भएको छ, जसमा न्यूनतम मौज्दात तीन लाख रहेको बैंकले जनाएको छ। 

बैंकले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा÷योजनाहरु प्रदान गर्दै जाने बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताए। 


Share your thoughts!

मोहम्मद अज्मत अलि/बिजपाटी

Mohammad Ajmat Ali













Close in 7