सिटिजन्स बैंकका ग्राहकलाई ओम हस्पिटलमा विशेष छुट

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 15, 2018 | 04:43:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर बिच अस्पतालको सेवा शुलकमा बिशेष छुट दिने सहकार्य भएको छ । सहकार्यमा बैंकका ग्राहकलाई अस्पतालको सेवा शुलकमा बिशेष छुट दिने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गणेश पोखरेल र अस्पतालको तर्फबाट म्यानेजिङ डाईरेक्टर बाबुकाजी कार्कीले समझदारी पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार सिटिजन्स् बैंकका डेबिड तथा क्रेडिट कार्डवाहक, खातावाला तथा कर्मचारीहरुले ओम हस्पिटल तथा रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउनेछन् । 

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ७० वटा एटिएमर ९९ वटा शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved