'बाणिज्य बैंकले झै अचाक्ली ब्याजदर बढाएर विकास बैंकले धर्म छाड्दैन'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 18, 2018 | 09:26:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकर्स संघले सदस्य बैंकहरुका बीचमा ब्याजदरको सम्बन्धमा यस अघि गरेको भद्र सहमती खारेज गरेसंगै बैंकहरुबीच फेरी ब्याजदरमा प्रतिस्पर्धा सुरु भएको छ। 

ब्याजदर बढाउने प्रतिस्पर्धाले बाणिज्य बैंकहरुमा बचतमा ब्याजको दर १० र मुद्दती निक्षेपमा १२.५० प्रतिशत पुगिसकेको छ। बैंकहरुले सार्वजनिक गरेको यो ब्याजको दर औपचारिक मात्रै हो। कतिपय बैंकले सार्वजनिक गरेको भन्दा पनि बढी ब्याज दिएर बजारबाट पैसा उठेको पाइएको छ। बैंकहरुले १२-१३ प्रतिशतका दरले निक्षेप लिंदा कर्जाको ब्याजदर १८ प्रतिशत पुग्ने देखिन्छ। 

बिगतमा आर्थिक बर्षको समाप्तिमा बैंकिङ प्रणालीमा तरलता सहज हुने र ब्याजदर घट्दै जाने प्रवृति बिपरित यस पटक भने आर्थिक बर्षको समाप्तिको नजिक आइपुग्दा ब्याजदर झनै आकाशिएको छ। जसले सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धि दर र ६.५ प्रतिशतमा महंगी नियन्त्रण गर्ने लक्ष्य छायाँमा पर्ने देखिन्छ। 

बाणिज्य बैंकहरुले ब्याजदर बढाएसंगै बिकास बैंकहरुले पनि ब्याजदर बढाउने अपेक्षा गरिएको थियो। तर अपेक्षा बिपरित बिकास बैंकहरुले भने बचतमा आठ र मुद्दती निक्षेपमा १२ प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति गरेका छन। 

एसोसिएसनको गत बिहिबार बेलुका बसेको बैठकले बाणिज्य बैंकले अनावश्यक रुपमा ब्याज बढाएर धर्म छाडेपनि विकास बैंकहरुले ब्याज नबढाउने भद्र सहमति गरेको एसोसियसनका एक पदाधिकारीले बिजपाटीलाई बताए। 

'ब्याजदर बढाउने प्रतिस्पर्धाले भविष्यमा कस्तो रणनीति लिनुपर्ने हो त्यसको लेखा जोखा अहिले नै हुन सक्दैन' ती सदस्यले भने, 'अहिलेलाई विकास बैंकले ब्याजदर बढाएर आफ्नो जिम्मेवारीबाट भाग्दैन, हामि अत्यन्त जिम्मेवारपुर्वक अगाडी बढिरहेका छौं, तत्काललाई बचतमा आठ र मुद्दती निक्षेपमा १२ प्रतिशतभन्दा बढी ब्याज हुँदैन।'

'बाणिज बैंकहरुले झैं ब्याजदर बढाउने हो भने सरकारको ८ प्रतिशतको आर्थिक वृद्धिदरलाई भेट्टाउने लक्ष्य त परे जाओस, भैरहेको अवस्था समेत नाजिक स्थितिमा पुग्छ, त्यसैले विकास बैंक एक जिम्मेवार बैंकरका रुपमा अगाडी बढ्छ' उनले भने, 'विकास बैंकलाई लगानीयोग्य रकमको समस्या नभएको समेत ति सदस्यको भनाई छ। उनका अनुसार विकास बैंकमा आजको दिनमा १० अर्ब भन्दा बढी निक्षेप रहेको छ।  

त्यस्तै एसोसिएसनले देब विकास बैंकले १ बर्षिय मुद्दती निक्षेपमा १२.५० प्रतिशत ब्याज दिने गरि सूचना जारी गरेपनि उक्त निर्णय समेत पुनरावलोकन गराउने भएको छ। 'देबले संघको भद्र सहमति हुनु अगाडी नै मुद्दतीको ब्याजदर १२।५० हुने भनेर छापिसकेको रहेछ, हप्ता दिनभित्रमा देबले पनि नयाँ दर सार्वजनिक गर्छ' उनले भने।  




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved