भद्र सहमतिपछि ब्याजदर घटाउँदैं बाणिज्य बैंकहरु, कुन बैंकको ब्याजदर अब कति ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 22, 2018 | 11:51:51 AM मा प्रकाशित

laxmi  sunrise bank

बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले यस अघि खारेज गरेको ब्याजदरमा भद्र सहमति गरेपछी बैंकहरुले धमाधम ब्याजदर घटाएका छन। ब्याज बढ्न नदिन ५ महिना अघि भएको भद्र सहमति खारेज भएपछी बैंकहरुबीच ब्याजदर बढाउने प्रतिस्पर्धा देखिएको थियो। 

बिहिबार बैंकहरुबीच ब्याजदर बढ्न नदिने भद्र सहमति भएसंगै शुक्रबार अर्थात असार ८ देखि नै लागू हुने गरि अधिकांश बैंकहरुले बचत र मुद्दतीको नयाँ ब्याजदर सार्वजनिक गरेका छन। 

सेन्चुरी कमर्शियल बैंक 

सेन्चुरी बैंकले शुक्रबारदेखि लागू हुने गरि बचत खाताको ब्याज दर ७ प्रतिशतमा झारेको छ भने मुद्दती खाताको ब्याजदर १०।५० प्रतिशत कायम गरेको छ। बैंकले एक बर्षको निक्षेपमा साढे १० प्रतिशत ब्याज दिन्छ। ब्याज भुक्तानी त्रैमासिक रुपमा गर्ने बैंकले जनाएको छ।    

सनराइज बैंक 

सनराइज बैंकले पनि असार ८ देखि नै लागू हुने गरि मुद्दती खातामा ३ महिनाको लागि ९.५० प्रतिशत र त्यस भन्दा बढी समयको लागि १० प्रतिशत ब्याजदर कायम गरेको छ। 

हिमालयन बैंक 

हिमालयन बैंकले आजै देखि लागू हुने गरि साधारण मुद्दति निक्षेपमा ११ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा १०।५० प्रतिशत ब्याज कायम गरेको छ। 

मेगा बैंक 

मेगा बैंकले बचतमा साढे ६ देखि सात प्रतिशत ब्याजदर कायम गरेको छ। मुद्दतीमा साधारण र संस्थागत दुवैमा साढे १० प्रतिशतको ब्याज कायम गरेको छ। 

नेपाल कमर्शियल बैंक 

एनसीसी बैंकले बचतमा ७ प्रतिशत ब्याज कायम गरेको छ भने  संस्थागत र साधारण मुद्दतीमा १२० दिन भन्दा बढी समयका लागि साढे १० प्रतिशत ब्याज कायम गरेको छ। 

नेपाल बंगलादेश बैंक 

नेपाल बंगलादेश बैंकले बचतमा ७ प्रतिशतसम्म ब्याज दिने भएको छ भने साधारण मुद्दतीमा ८ देखि साढे १० प्रतिशत तथा संस्थागतमा साढे ७ प्रतिशतदेखि साढे १० प्रतिशतसम्म ब्याज कायम गरेको छ। 

ग्लोबल आइएमई बैंक 

ग्लोबल आईएमई बैंकले संस्थागत र साधारण मुद्दतीमा साढे १० प्रतिशत ब्याज कायम गरेको छ। 

सिटिजन बैंक 

सिटिजन बैंकले १ बर्षीय साधारण र संस्थागत मुद्दतीमा खातामा साढे १० प्रतिशत ब्याज कायम गरेको छ भने ३ बर्ष भन्दा बढी समयका लागि क्रमश ९।७५ र साढे ९ प्रतिशत ब्याज कायम गरेको छ।       

बैंकहरुले सरकारको ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यलाई नै चुनौती दिनेगरि ब्याजदर बढाएको भन्दै आलोचना भएपछी बैंकर्स संघले नेपाल राष्ट्र बैंकको ब्याकअपमा बिहिबार मात्रै ब्याजदर बढ्न नदिने पुरानो भद्र सहमतिलाई ब्युत्याएको हो। संघले ब्याज भुक्तानी त्रैमासिक रुपमा हुने गरि बचतमा ७ प्रतिशत, संस्थागत मुद्दति निक्षेपमा १०.५० प्रतिशत, साधारण मुद्दति निक्षेपमा ११ प्रतिशत ब्याजको सिमा तोकेको छ। 

राष्ट्र बैंकले कल डिपोजिट बारे मौद्रिक नीतिबाट स्पष्ट ब्यवस्था गर्ने आश्वासन दिएपछी बैंकहरुले ब्याजदर बढ्न नदिने पुरानो सहमतिलाई ब्युताएका हुन। बैंकहरुले कल डिपोजिटको ब्याजका कारण बजार बिग्रिएको गुनासो गरेपछी राष्ट्र बैंकले कल डिपोजिटमा एउटा मात्र सिमा हुनेगरी कल डिपोजिटलाई ट्रेजरी बिलसँग जोड्ने आस्वासन दिएको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved