सेञ्चुरी बैंकको ब्याजदरमा परिवर्तन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 22, 2018 | 12:07:04 PM मा प्रकाशित

laxmi  sunrise bank

बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले यस अघि खारेज गरेको ब्याजदरमा भद्र सहमति गरेपछी बैंकहरुले धमाधम ब्याजदर घटाएका छन। सोहि क्रममा असार ८ देखि नै लागू हुनेगरि सेञ्चुरी बैंकले ब्याजदरमा परिवर्तन गरेको छ। 

बैंकले बचत खाताको ब्याज दर ७ प्रतिशतमा झारेको छ भने मुद्दती खाताको ब्याजदर १०.५० प्रतिशत कायम गरेको छ। बैंकले एक बर्षको निक्षेपमा साढे १० प्रतिशत ब्याज दिनेछ। ब्याज भुक्तानी त्रैमासिक रुपमा गर्ने बैंकले जनाएको छ।    

बैंकर्स संघले ब्याज भुक्तानी त्रैमासिक रुपमा हुने गरि बचतमा ७ प्रतिशत, संस्थागत मुद्दति निक्षेपमा १०.५० प्रतिशत, साधारण मुद्दति निक्षेपमा ११ प्रतिशत ब्याजको सिमा तोकेको छ। यहि सिमामा रहेर अधिकांश बैंकहरुले बचत र मुद्दती निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन।  

यस अघि:

भद्र सहमतिपछि ब्याजदर घटाउँदैं बाणिज्य बैंकहरु, कुन बैंकको ब्याजदर अब कति ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved