अनिल शाह ८ बर्षपछी पुन: नबिल बैंकको प्रमुख कार्यकारी नियुक्त

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 22, 2018 | 01:54:00 PM मा प्रकाशित

laxmi  sunrise bank

अनिल शाह नबिल बैंकमा प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन। बैंकको असार ७ गते बसेको संचालक समितिको बैठकले डेपुटी प्रमुख कार्यकारी अधिकृत रहेका शाहलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। 

मेगा बैंकमा पदभार रहंदा नै सेन्चुरीमा जान तयार भएका शाह सेवा सुविधा नमिलेपछी नबिल गएका थिए।  शाहलाई 'राष्ट्र बैंकको ६ महिने कुलिङ पिरियड' ले रोकेपछि नबिलले डिपुटी बनाएर नै बैंक भित्र्याएको थियो। कुलिङ पिरियड सकिएलगत्तै शाहलाई बैंकले चार बर्षका लागि  प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। 

नबिल बैंकको गत पुस १३ गते बसेको सञ्चालक समितिले शाहलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो। तर राष्ट्र बैंकले सोही दिन परिपत्र गर्दै '६ महिने कुलिङ पिरियड' लागू गरेको थियो। लगत्तै बैंकले गत पुष १५ मा पुरानो निर्णय रद्द गर्दै शाहलाई डेपुटी सीईओमा नियुक्त गरेको थियो।  

सन १९९१ मा नबिल बाटै बैंकिङ करियर सुरु गरेका शाह ८ बर्षपछि नबिलमा नै फर्किएका हुन। नबिलमा इन्टरन गरेर स्ट्यान्डर्ड चार्टर्ड गएका उनले त्यहाँ १३ बर्ष बिताए। महाप्रबन्धकका रुपमा नबिल भित्रिएका शाहले त्यहँ प्रमुख कार्यकारी भएर पाँच बर्ष बिताए। 

बैंकर्स संघको पूर्व अध्यक्षसमेत रहेका शाहले नबिलमा प्रमुख कार्यकारी रहँदै नेपाल बैंकमा आबेदन दिएका थिए तर त्यो प्रकृया खारेज भएपछि शाहले नैतिकताको आधारमा भन्दै नबिल छाडेर मेगा बैंकको संस्थापक सीईओ बनेका हुन। मेगामा दुई कार्यकाल सकेर शाह पुन: नबिल फर्किएका हुन।     

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved