सिभिल बैंकबाट स्मार्ट वेबसाइटको सुरुवात, इन्टरनेट बैंकिङको साथै पेमेन्ट गेटवेको पनि सुविधा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 23, 2018 | 11:36:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक लिमिटेडले सहज ढंगले सुचना प्राप्त गर्न स्मार्ट वेबसाईटको सुरुवात गरेको छ। बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यबाटस्मार्ट वेबसाईटको अनावरण भएको हो। 

यो स्मार्ट वेबसाईट सबै खाले मोबाईल तथा कम्प्युटरमा सजिलै हेर्न सकिने बैंकले जनाएको छ। यो स्मार्ट वेबसाईटमा बैंकको सेवा तथा सुविधाको बारेमा जानकारी प्रदान गर्नुका साथै ईन्टरनेट बैंकिङ मार्फत खाताको विवरण हेर्न सकिने, सिभिल बैंक वा अन्य बैंकमा रकमान्तर गर्न सकिने, मोबाइल टपअपको सुविधा, ल्यान्डलाइन, एडीयसयल, विद्युत प्राधिकरण तथा डिसहोमको बील भुक्तानी गर्न सकिन्छ । 

बैकले ल्याएको स्मार्ट वेबसाइट मार्फत बैंकका २ लाख बढी ग्राहकहरुले मोबाइल तथा कम्प्युटरआट सहजै इन्टरनेट बैंकिङको सुविधा साथै पेमेन्ट गेटवेको सुविधा समेत प्राप्त गर्न सक्नेछन। 

यस अवधिमा बैंकसंग दुई लाख बढी ग्राहकहरु रहेका छन। बैंकले यस अवधिमा ३७ अर्ब भन्दा बढी निक्षेप संकलन गरि ३६ अर्ब कर्जा प्रवाह गरेको छ। बैंकले कुल ६३ शाखा मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।  




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved