मुक्तिनाथ विकास बैंकका ग्राहकलाई दीर्घायुमा १० प्रतिशत छुट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 28, 2018 | 06:59:18 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक लि र दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टर, मित्रपार्क बीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत  प्रद्युमन पोखरेल र दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट प्रवन्ध निर्देशक सुरज बलया श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टर, मित्रपार्कमा उपचार गराउँदा तोकिएका सेवा शुल्कमा १० प्रतिशत छुट पाउने र अन्य स्वस्थ्य सेवामा १५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved