एनएमबि बैंकका ग्राहक र कर्मचारीलाई क्यान्सर अस्पतालमा छुट

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 02, 2018 | 05:09:42 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले क्यान्सर अस्पतालमा (सेन्टर नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर) उपचारमा छुट पाउने भएका छन। बैंक र अस्पतालबीच यस सम्बन्धि सम्झौता भएको छ।  

सम्झौतामा बैंकका चिफ बिजनेश अफिसर सुदेश उपाध्याय र अस्पतालका तर्फबाट एक्ज्युकेटिभ अध्यक्ष ड़ा सुदिप श्रेष्ठले संयुक्त हस्ताक्षर गरेका छन। सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीले डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अस्पतालमा उपलब्ध क्यानसर रोगको स्क्रिनिंग प्याकेज, रेडियोलोजी, ल्याबरोटेरी र बेड चार्ज मा दश प्रतिशत छुट पाउनेछन। 

त्यस्तै रेडियसन र ब्राचीथेरापी मा ७ प्रतिशतसम्मको छुट पाउने छन। यस अस्पतालमा अन्तराष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरुबाट बिभिन्न खाले क्यान्सर रोगहरुको उपचार हुने गरेको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई लाभान्वित गराउन तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले लामो समय देखि यस्ता बिभिन्न खाले सम्झौताहरु गर्ने गरेको छ। हाललाई यो सम्झौता एक वर्षका लागि गरिएको बैंकले जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved