ग्लोबल आइएमई ७ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 06, 2018 | 07:01:26 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले असारको तेस्रो साता ७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप गरिएका ७ शाखारहित बैंकिङ्ग सेवासंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ९९ पुगेको छ । 

असार १८ गते सोमबार बाग्लुङ्ग जिल्लाको ढोरपाटन नगरपालिका, असार १९ गते मगंलबार गुल्मी जिल्लाको मुसीकोट नगरपालिका ९ र मुसीकोट नगरपालिका – ३, असार २० गते बुधबार अर्घाखाँची जिल्लाको माला रानी गाउँपालिका र गुल्मी जिल्लाको धुरकोट गाउँपालिकामा शाखा रहित वैङ्किङ सेवा सञ्चालनमा ल्याएको हो । असार २२ गते शुक्रबार नवलपरासी जिल्लाको रामग्राम नगरपालिका र  गोरखा जिल्लाको गण्डकी गाउँपालिका पनि शाखारहित बैकिङ्ग  सुरु गरेको छ । 

बैंकले हाल १२९ शाखा, १३२ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ९९ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved