मोहम्मद अज्मत अलि/बिजपाटी     Jul 08, 2018



ruslan ruslan

सांग्रिला डेभलपमेन्ट बैंकले शाखा संजाल बिस्तार गर्नेक्रमलाई निरन्तरता दिंदै पोखरामा दुई नयाँ शाखा संचालनमा ल्याएको छ। बैंकले पोखराको लेखनाथ स्थित तालचोक र पोखराकै पर्यटकीय क्षेत्र लेकसाईडमा थप दुुईवटा शाखाहरुको विधीवत रुपमा उद्घाटन गरि कारोवार शुभारम्भ गरेको छ।

लेखनाथ स्थित शाखाको उद्घाटन प्रदेश ४ का माननीय आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गरे भने लेकसाइड स्थित शाखाको उद्घाटन प्रदेश ४ सभामुुख नेत्रनाथ अधिकारीले गरे। बैंकले शाखा सञ्जाल शहरी क्षेत्रमा मात्र केन्द्रीत नगरी बिभिन्न ग्रामिण क्षेत्रहरुमा समेत बिस्तार गर्दा आम जनतामा समेत वित्तीय पहुँच पुग्न मदत भएको उनीहरुको भनाई छ।   

यससंगै सांग्रिलाको शाखा संख्या ५२ पुगेको छ। केहि दिनमा नै अन्य ३ वटा शाखाहरु संचालनमा ल्याउने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत  दिनेश थकालीले जानकारी दिए। 


Share your thoughts!











Close in 7