17 Jul, 2018 | १ श्रावण २०७५ | मङ्गलवार




Bizpati Reporter

Follow us on

ग्लोबल आईएमई बैंकको शाखारहित बैंकिङ संचालनमा नयाँ कोशेढुंगा पार

Posted on:July 10, 2018

ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ संचालनमा नयाँ कोशेढुंगा पार गरेको छ। बैंकले सुनसरीको बराह नगरपालिका – ५ कालाबन्जरमा १०० औं सेवा संचालनमा ल्याएर शाखारहित बैंकिङ संचालनमा रेकर्ड कायम गरेको हो। 

सो शाखा रहित बैंकिङको उद्घाटन कालाबन्जर की १०५  बर्षकी ज्येष्ठ नागरिक अनुरुपा बिष्ट र बैंकका रेमिट्यान्स, क्रेडिट कार्ड बिक्रि तथा बजार प्रबर्धन, मिडिया एव्म ब्राडिन्ङ र शाखारहित बैंकिङ्ग सेवा प्रमुख रबिन्द्र ढकालले संयुक्त रुपमा गरे। बैंकले आफ्नो पहिलो शाखा रहित बैंकिङ सेवा बर्दियाको मैनापोखरबाट सुरु गरेको हो। 

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, बिजुलीको  महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् । 

बैंकले हाल १२९ शाखा, १३२ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर र १०० शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । 

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया बेलायत र भारतमा प्रतिनिधि सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।  त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।


Share your thoughts!

Loading...

Trending