एटिएमबाट पैसा ननिस्कि खाताबाट काटियो ? खुसि हुनुहोस, ब्याज सहित फिर्ता पाउनुहुनेछ!

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 12, 2018 | 12:01:38 AM मा प्रकाशित

laxmi  sunrise bank

एटिएम मेसिनबाट पैसा निकाल्दा पैसा आएन तर पैसा काटियो ? चिन्ता नलिनुहोस, यस्तो भयो भने सम्बन्धित बैंक वा वित्तीय संस्थाले तपाईलाई ब्याज सहित पैसा फिर्ता गर्नुपर्नेछ। 

नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७५-७६ को मौद्रिक नीति मार्फत एटीएम मेशिन वा पीओएस मेशिनबाट पैसा निकाल्न खोज्दा पैसा ननिस्किएपनि खाताबाट पैसा काटीए जरिवाना स्वरूप बैंक वित्तीय संस्थाहरुलाई तपाईको खातामा उक्त पैसा निश्चित समय भित्रमा फिर्ता गर्नुपर्ने नियम ल्याएको छ। तोकिएको समय भित्रै तपाईको पैसा खातामा फिर्ता नआए सम्बन्धित बैंक वा वित्तीय संस्थाले ब्याज सहित फिर्ता गर्नुपर्ने पैसा तपाईको खातामा राख्नुपर्ने हुन्छ।

मौद्रिक नीतिमा भनिएको छ, 'एटीएम मेशिन वा पीओएस मेसिन बाट कारोबार गर्दा कारोबार सफल नभई खातावालको खाताबाट रकम काटिएको खण्डमा सम्बन्धित खातावालको खातामा निश्चित समय भित्रमा रकम फिर्ता गर्नुपर्ने र सो नगरिएमा बैंक तथा वित्तीय संस्थाले उक्त रकमको समेत ब्याज दिनुपर्ने व्यवस्था मिलाइनेछ।'    

राष्ट्र बैंकले वित्तीय अनुशासन र ग्राहकप्रति जिम्मेवार उत्तरदायी बनाउन बैंक वा वित्तीय संस्थाहरुलाई यस्तो व्यवस्था गरेको हो। यो व्यवस्थाले बैंक वित्तीय संस्थाको दायित्व बढाएपनि नागरिकलाई भने खुसि दिलाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved