17 Jul, 2018 | १ श्रावण २०७५ | मङ्गलवार




Bizpati Reporter

Follow us on

राष्ट्र बैंकलाई गम्भीर धक्का, मौद्रिक नीति कार्यन्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर

Posted on:July 12, 2018

नेपाल राष्ट्र बैंकले बुधबार सार्बजनिक गरेको मौद्रिक नीति तत्काल कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ  । अधिबक्ता स्वागत नेपालले नेपाल राष्ट्र बैंकले मौद्रिक मार्फत विद्यमान नेपालका प्रचलित आर्थिक कानुनविपरीत भारतीय मुद्रामा समेत बैंकहरूले ऋण लिन पाउने व्यवस्थाका विरुद्धमा रिट दायर गरेका हुन्

रिटमा अधिबक्ता नेपालले मौद्रिक नीतिको बुंदा नम्बर ६४ र ६५ नेपालको संविधान बिपरित रहेको उल्लेख गरेका छन्  । मौद्रिक नीतिको बुंदा नम्बर ६४ र ६५ नेपालको संविधान को धारा ५, धारा ५० र धारा ५१ का साथै नेपाली मुद्राको चलन चल्ती बढाउने ऐन २०१४, राष्ट्र बैंक ऐन २०५८ को प्रस्तावनासंग बाझिएको रिट निवेदनमा उल्लेख छ  । रिट निवेदनमा मौद्रिक नीति तत्कालको लागि कार्यन्वयन नगर्न नगराउन अन्तिरिम आदेशको माग गरिएको छ  । 

रिटको पहिलो सुनुवाई शुक्रबार हुने अधिबक्ता नेपालले जानकारी दिएका छन्  । 

हेर्नुस रिट निवेदन:


यस्तो छ बाझिएको बाझिएको बुंदा  



Share your thoughts!

Loading...

Trending