17 Jul, 2018 | १ श्रावण २०७५ | मङ्गलवार




Bizpati Reporter

Follow us on

इन्भेष्टमेण्ट बैंकका ४ शाखा सञ्चालनमा

Posted on:July 12, 2018

नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले जुम्ला, बझाङ, प्यूठान र दाङमा थप शाखा विस्तार गरेको छ । बैंकले जुम्लाको हिमा गाउँपालिकास्थित कालीकाखेतु, बझाङको केदारसीउ गाउँपालिका स्थित झोता, प्यूठानको नौबहिनी गाउँपालिकास्थित बाहाने र दाङको शान्तिनगर गाउँपालिकास्थित शान्तीनगरमा शाखा सञ्चालनमा ल्याएको हो । 

यो सँगै बैंकको प्रदेश नम्वर १ मा ९ वटा, प्रदेश नम्वर २ मा ६ वटा, प्रदेश नम्वर ३ मा ३५ वटा, गण्डकी प्रदेशमा ६ वटा, प्रदेश नम्वर ५ मा ११ वटा, कर्णाली प्रदेशमा ५ वटा र प्रदेश नम्वर ७ मा ५ वटा शाखा पुगेको छ । हाल बैंकले १०१ एटिएम, ७ वटा एक्स्टेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share your thoughts!

Loading...

Trending