मेगा बैंकले ३६५ दिन नै सेवा दिने, दैनिक १२ घण्टा सञ्चालनमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 12, 2018 | 07:08:21 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल लिमिटेडले उपत्यका भित्र र उपत्यका बाहिरका शाखामा कारोबार समयावधि बढाएको छ । बैंकको केन्द्रिय कार्यालय भवनमा रहेको मुख्य शाखा र ठमेल शाखाले बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सेवा दिँदै आएका थिए । उक्त शाखाहरुबाट वर्षमा ३६५ दिन नै ग्राहकले सेवा पाउने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।

उपत्यका भित्रकोे कलंकी, जावलाखेल र न्यूरोड शाखाबाट ग्राहकले बेलुकी ७ बजेसम्म सेवा लिन सक्नेछन् भने गोंगबु शाखा बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ । उपत्यका बाहिरको जनकपुर शाखाबाट ग्राहकले बेलुकी ७ बजेसम्म र हेटौंडा शाखाबाट बेलुकी ६ बजेसम्म सेवा लिन मिल्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । 

बैंकले उपत्यकाभित्रका ६ वटा शाखाहरु र उपत्यका बाहिरका शाखाहरुमध्ये १० वटा शाखाहरु शनिवार एवं सार्वजनिक विदाको दिनमा समेत सञ्चालनमा रहनेछन् । उपत्यकाभित्रका थप ४ वटा शाखाहरु र उपत्यकाबाहिरका थप ३ वटा शाखाहरु शनिवार बाहेक अन्य सार्वजनिक बिदामा पनि खुल्ला रहने बैंकले जनाएको छ । 

बैंकले ९९ शाखा, १४ एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित केन्द्रहरु, ७४ मेगा मनी मेशिन मार्फत सेवा प्रदान गदैृ आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved