नबिल बैंकका ६ सय कर्मचारीलाई तालिम दिने सम्झौतामा हस्ताक्षर

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 12, 2018 | 08:16:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकले मौद्रिक नीतिको बुँदा नम्बर ९७ अन्तर्गत सहायकस्तरदेखि अधिकृतस्तर सम्मका कर्मचारीहरुलाई तालिम दिने प्रावधान कार्यान्वयन गर्ने भएको छ। 

बैंक र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट(एन.बी.आई.) बीच नबिल बैंकका कर्मचारीहरुलाई तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र एन.बी.आई.का प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका ६०० जना कर्मचारीहरुलाई एनबिआईले एनबिआईद्वारा सञ्चालित अन्तर्राष्ट्रिय स्तरको जानबि कोर्स अन्तर्गत तालिम दिनेछ। 

नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७५-७६ को मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत सहायक स्तरदेखि अधिकृत स्तरसम्मका कर्मचारीहरुका लागि बैंकिङ्ग सम्बन्धी तालिमलाई अनिवार्य गर्ने व्यवस्था मिलाएको छ। 

बैंकिङ्ग क्षेत्रमा दक्ष जनशक्तिको विकास गर्न बैंक तथा वित्तीय संस्थामा नयाँ भर्ना भएका कर्मचारीहरुले बैंक प्रवेश गरेको २ वर्षभित्र यस प्रकारको तालिम लिइसक्नु पर्ने व्यवस्था गरिएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved