कामना सेवा विकास बैंकको लाभांश प्रस्ताब पारित, अध्यक्षमा सुदिप आचार्य निर्विरोध निर्वाचित

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 16, 2018 | 10:36:09 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकको लाभांश प्रस्ताब पारित भएको छ। बैंकको एघारौँ बार्षिक साधारणसभाले संचालक समितिले प्रस्ताब गरेको ५.५ प्रतिशत बोनस सेयर र ६.५ प्रतिशत नगद लाभांश गरि १२ प्रतिशत लाभांश प्रस्ताब पारित गरेको हो।

बैंकको जेठ ३० गते बसेको २४९ औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १२ प्रतिशत लाभांश प्रस्ताब गरेको थियो। उक्त  प्रस्ताब पारित भएसंगै बैंकको चुक्ता पुंजी २ अर्ब ५० करोड २६ लाख पुगेको छ।  बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा २२ करोड ८१ लाख खुद मुनाफा आर्जन गरेको छ।   

त्यस्तै बैंकको साधारणसभाले ६ जना संचालकहरुको निर्विरोध निर्वाचित गरेको छ। ६ जना संचालकहरुमा सुदिप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी, देवकृष्ण काफ्ले, बलराम बराल र विश्वेश्वर सुवेदी छन। साधारणसभा पश्चात बसेको संचालक समितिको बैठकले सुदिप आचार्यलाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ।  

साधारणसभामा बैंकका सेयरधनीहरुले बैकको लाभांशदर वृद्धि गर्नुपर्ने, कारोबार बिस्तार गर्दै काठमाडौं उपत्यका भित्र शाखा संजाल वृद्धि गर्नुपर्ने, खराब कर्जा कम गर्दै शेयरधनीहरुलाई उचित मुनाफा वितरण गर्नपर्ने धारणा व्यक्त गरेका थिए।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved