सिद्धार्थ बैंकद्वारा तोकिएका सबै १७ वटै स्थानीय तहमा शाखा संचालन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 17, 2018 | 10:16:26 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ बैंकले स्थानीय तहमा खोल्नुपर्ने सबै १७ वटै स्थानहरुमा आफ्नो शाखा संचालनमा ल्याएको छ। सबै नेपाल राष्ट्र बैंकले स्थानीय तहमा बैंकिङ पहुँच पुर्याउन बाणिज्य बैंकहरुलाई स्थानीय तहमा शाखा संजाल बिस्तार गर्न दिएको निर्देशनको पालना गर्दै सिद्दार्थ बैंकले ती स्थानहरुमा शाखा संचालनमा ल्याएको हो। 

बैंकिङ्ग पहुँच नपुगेकका सबै गाउँपालिका तथा नगरपालिकाहरुमा अनिवार्यरुपमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने नेपाल सरकारको नीति अनुरुप आफुले खोल्नु पर्ने सबै १७ वटै स्थानहरुमा सिद्धार्थ बैंकले आफ्नो शाखा संचालनमा ल्याएको छ। नेपाल राष्ट्र बैंकले सबै बैंकहरुलाई तोके बमोजिम स्थानीय तहमा खोल्नुपर्ने सबै शाखाहरु संचालनमा ल्याउनेमा सिद्धार्थ बैंक पहिलो बनेको बैंकको दाबी छ।

स्थानीय तहमा खोलिएका समेत गरी बैंकका सबै शाखाहरुबाट सरकारी तथा अन्य संघ संस्थाका साथैै सर्वसाधारण एवं उद्यमी व्यवसायीहरुले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकमभुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्तगर्न सक्ने बैंकले जानकारी दिएको छ।

बैंकले अगामी दिनहरुमा पनि थप शाखाहरु विस्तार गर्दै नवीनतम र आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने योजना बनाएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखाहरु सहित बैंकले देशभरका १२१ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टरसहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, ११६ एटीएम र ९०० भन्दा बढी पिओएस मेसिनमार्फत् बैैकिङ्ग सेवा प्रदानगर्दै आएको छ ।


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved