१ बाणिज्य बैंक सहित ७ वित्तीय संस्थाको सी आश्वा इजाजत रद्द

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 17, 2018 | 02:54:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले ७ बैंक तथा वित्तीय संस्थाको सी आश्वा इजाजत रद्द गरेको छ । इजाजत रद्द हुनेमा १ बाणिज्य, २ फाइनान्स र ४ विकास बैंक रहेका छन् । 

सिडीएससीले बोर्डको निर्देशनमा अर्को सूचना नभएसम्मको लागि यी बैंक तथा वित्तीय संस्थाले सीआश्वा सम्बन्धी कार्य गर्न नपाउने उल्लेख गरेको छ  । इजाजत रद्द हुनेमा भार्गव विकास बैंक, माछापुच्छ्रे बैंक , कामना सेवा बिकास बैंक, साईन रेशुंगा बिकास बैंक, पोखरा फाइनान्स, श्री ईन्भेष्टमेन्ट एण्ड फाईनान्स र  मिसन डेभलपमेन्ट बैंक रहेका छन् ।

यी बैंक तथा वित्तीय संस्थाले आर्थिक बर्ष ७५/७६ को लागि अनुमति नवीकरण नगरेकोले तत्कालको लागि इजाजत रद्द गरिएको हो । नवीकरण शुल्क बुझाउना साथ उनीहरुले पुन: सी आश्वा सम्बन्धि कार्य गर्न पाउने छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved