ग्लोबल आईएमई बैंक लि. र नेशनल लाइफ इन्सुरेन्स कम्पनी लि.बीच ब्यान्कासोरेन्स सम्झौता भएको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरे ।
सम्झौतापछि ग्लोबल आईएमईका १३१ वटै शाखाहरु मार्फत नेशनल लाइफ इन्सुरेन्स कम्पनीको जीवन बीमा योजनाहरु खरिद गर्न सकिनेछ । बैंकले हाल १३१ वटा शाखा, १४ वटा राजश्व संकलन काउण्टर, १३२ एटिएम, ५ वटा एक्सटेन्सन काउण्टर, १०० शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्पmतसेवा प्रदान गर्दै आइरहेको छ ।