सिन्धु बिकास बैंकको लाभांश प्रस्ताब पारित, सर्वसाधारणबाट तीन जना संचालकहरु निर्वाचित

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 17, 2018 | 11:30:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु विकास बैंकको लाभांश प्रस्ताब पारित भएको छ। बैंकको संचालक समितिको लाभांश प्रस्ताब बैंकको आठौं बार्षिक साधारणसभाले पारित गरेको हो। 

बैंकले गत आर्थिक बर्षको कमाईबाट ५.९५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.३१३२ प्रतिशत नगद लाभांश पारित गरेको हो।    त्यस्तै बैंकको सर्वसाधारण समुहको तर्फबाट तीन जना संचालकहरु निर्विरोध निर्वाचित भएका छन। निर्वाचित संचालकहरुमा राजेन्द्र प्रसाद पोखरेल, प्रभुराम श्रेष्ठ र यादब दाहाल रहेका छन।

त्यस्तै बैंकले आफ्नो कारोबार बिस्तारलाई फराकिलो बनाउने क्रममा आफ्नो कार्यक्षेत्र चितवन र मकवानपुरमा समेत बिस्तार गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरेको छ।    

०६७ साल भदौ २४ बाट सिन्धुपाल्चोकको बार्हबिसेमा प्रधान कार्यालय राखी बैंकिङ कारोबार थालेको बैंकले बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, सिपाघाट, भकुण्डे, पाँचखाल, चरिकोट, सिंगटी, चौतारा र जलबिरेमा गरी १३ वटा शाखाहरु लगायत सुकुटे र शिल्ढुंगा सिमिति बैंकिङ इकाईहरु गरी १५ स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।   



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved