गण्डकी विकास बैंकको एकै दिन ६ शाखा बिस्तार

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 18, 2018 | 09:45:42 AM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी बिकास बैंकले एकै दिन थप ६ वटा शाखाहरु संचालनमा ल्याएको छ। यस संगै गण्डकी विकास बैंकको शाखा संख्या ६८ पुगेका छन। 

बैंकले महोत्तरीको बर्दीबास, रुपन्देहीको ठुटीपिपल (ओमसतिया) र बुद्धनगर (सैनामैना), कञ्चनपुरको महेन्द्रनगर, सुर्खेतको विरेन्द्रनगर र बाँकेको कोहलपुरमा नयाँ शाखा बिस्तार गरेको हो। 

बैंकले छिट्टै नै नेपालको पूर्व देखि पश्चिमसम्म ९ वटा शाखाहरु सञ्चालनमा ल्याउने बैकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले जानकारी दिए।    

संचालनमा आएका सबै ६८ शाखाहरुबाट ग्राहकहरुले पूर्ण बैंकिङ सुविधा पाउने बैंकले जनाएको छ। यी शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाहको साथमा ABBS, ATM, ECC/IPS,CASBA, MOBILE बैकिङ्ग, लघुवित्त सेवा, रेमिट्यान्स सेवा, सहितको पूर्ण बैकिङ्ग सेवा संचालन भईरहेको बैंकले जनाएको छ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved