प्राविधिक कारणले अवरुद्ध भएको माछापुच्छ्रे बैंकको सी आश्वा पूर्ण रुपमा संचालनमा आएको छ। प्राविधिक कारणले तोकिएको समयमै अनुमति नबिकरण हुन नसक्दा २४ घण्टा अघिदेखि रोकिएको सी आस्वा आजदेखि पुन: संचालनमा आएको बैंकले जनाएको छ।
बैंकले प्राविधिक कारणले समयमै नबिकरण हुन नसकेको जानकारी गराएपछी धितोपत्र बोर्डले आजदेखि नै माछापुच्छ्रे बैंकको सी आस्वाको अनुमति नबिकरण गरिदिएको हो। अनुमतिपत्र नबिकरण भएसंगै माछापुछ्रे बैंकका ग्राहकले यस अघि झैँ सी आस्वाको सेवा सुविधा पाउनेछन भने यस अघि कायम सी आस्वाका ग्राहकहरुको सेवा सुचारु भएको छ।
आर्थिक बर्ष ७५-७६ को लागि अनुमति नवीकरण नगरेकोले नेपाल धितोपत्र बोर्डले माछापुच्छ्रे बैंक लगायत भार्गव विकास बैंक, कामना सेवा बिकास बैंक, साईन रेशुंगा बिकास बैंक, पोखरा फाइनान्स, श्री ईन्भेष्टमेन्ट एण्ड फाईनान्स र मिसन डेभलपमेन्ट बैंकको सी आश्वा इजाजत रद्द गरेको थियो। नवीकरण शुल्क बुझाउना साथ बाँकी संस्थाहरुले पनि पुन: सी आश्वा सम्बन्धि कार्य गर्न पाउने छन् ।
बैंकले देश भर ८३ वटा शाखाहरु, ९१ वटा एटिएम , २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा मार्फत बैंकिङ सुबिधा प्रदान गरीरहेको छ ।