सानिमा बैंकको रेमिटयान्स सेवा अब मलेशियाबाट पनि

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 18, 2018 | 05:13:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक लिमिटेड र सि.बि.एल मनि ट्रान्सफरबीच मलेशिया—नेपाल रेमिटयान्स सेवा सम्झौता भई सञ्चालनमा आएको छ । सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत मलेशियाबाट पठाएको रकम नेपाल भरिबाट भुक्तानी लिन सकिनेछ । मलेशियाबाट नेपाल पैसा पठाउदा नेपालमा भएको सानिमा बैंकको खाता वा कुनै पनि बैंकमा भएको खातामा जम्मा गर्न सकिनेछ । 

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल र सि.बि.एल मनि ट्रान्सफरको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत मो. सैदुर रहमान फराजीले हस्ताक्षर गरेको बैंकका प्रमुख वित्तिय अधिकृत सरोज गुरागाईले विजपाटीलाई जानकारी दिए । 

 । सानिमा एक्सप्रेसले यू.ए.ई, मलेशिया, कतार, यू.के, कोरिया, लगायतका देशहरुबाट रेमिटेन्स सेवा दिदै आइरहेको छ । हाल, सानिमा बंैकको ७४ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६९ वटा ए.टि.एम मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved