सानिमा बैंकको घृणित कार्य: आर्थिक प्रलोभनमा पारि विद्यालय भवनमा बैंक, विद्यार्थी टहरामा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 18, 2018 | 08:19:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले विद्यालय भवन शाखा स्थापना गर्दा त्यहाँका बिद्यार्थी टहरामा पढ्न बाध्य भएका छन। बैंकले बिद्यालयको समिति र प्रअ लाई   आर्थिक प्रलोभनमा पारि विद्यालय भवनमा नै शाखा खोलेर बिद्यार्थीलाई टहरामा पठनपाठन गर्न बाध्य बनाएको जनाइएको छ। 

बैंकले मेलुङ गाउँपालिका-४ स्थित रहेको नेपाल सरकारको सहयोगमा भूकम्पपछि पुननिर्माण भएको भिम माध्यमिक विद्यालयको पक्की भवन भाडामा लिई आफ्नो शाखा संचालनमा ल्याएको छ। बैंकको विद्यालयको पक्की भवनलाई आफ्नो कार्यालय बनाएपछी त्यहाँका बिद्यार्थी टहरामा पठनपाठन गर्न बाध्य भएका छन्।

९० लाखमा बनेको ६ कोठे पक्की भवन विद्यालय व्यवस्थापन समिति र विद्यालयका प्रधानाध्यापकले बैंकलाई मासिक १५ हजार रुपैयाका दरले १० वर्षका लागि भाडामा दिने निर्णय गरेका छन।

समिति र विद्यालयका प्रअ आर्थिक प्रलोभनमा परी बालबालिकाको भविष्य माथि खेलवाड गरेका र बालबालिकाहरू टहरामा कष्टकर रुपमा बसेर पढ्नु पर्ने भएको भन्दै स्थानीयदेखि जनप्रतिनिधि र अभिभावकहरुले ब्यापक बिरोध गरेका हुन।

स्थानीयको व्यापक बिरोधपछि विद्यालय प्रअ सचिन थोकरले विद्यालय भवनको बिकल्पमा अन्य घर नभएकाले बैंकलाई दिने सम्झौता गरेको र विद्यालयलाई आम्दानी समेत हुने बताए। वडाध्यक्ष छत्र बहादुर तामाङले आफूले विद्यालयले सहजता महसुस गरेर बैंक राख्न स्वीकृति दिइएको बताउदै आफू अल्पमतमा परेका कारण विद्यालयको निर्णय मान्नु परेको भनेर उम्किए। 

भूकम्पपछि पुननिमार्णका लागि बनेको शिक्षा कार्यालय अन्तर्गतका आयोजना कार्यन्वयन ईकाई (शिक्षा) का प्रमुख गोविन्द सेडाईले सरकारले बैंकलाई भाडामा दिन विद्यालय भवन निर्माण नगरेको बताउँदै भवन भाडामा दिने व्यक्तिहरुलाई कारबाही हुनुपर्ने बताए।

तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्विका गोलेले गाउँपालिकालाई बैंक राख्नुपर्ने भएको र अन्यत्र उपयुक्त घर नपाएकाले स्कुलको भवन भाडामा दिएको दाबि गरे। यसले विद्यालयमा बालबालिकाको पठनपाठनमा समस्या नहुने भएकाले विद्यालय भवन भाडामा दिएको उनको दाबि छ। 

बैंकका म्यानेजर अर्जुन सापकोटाले बैंकका केन्द्रीय कार्यालय र स्कुल व्यवस्थापनले गरेको सम्झौता अनुसार नै कार्यालय राखेका बताउदै स्कुलमा बैंक राख्नु हुने नहुनेबारे आफूलाई थाहा नभएको र आफू बैंकको कर्मचारी भएर आएको बताए। असार ३२ गते बैकले सरकारको नीति अनुसार एक गाउँपालिका एक बैंक अन्तर्गत आफ्नो शाखा मेलुङमा संचालनमा ल्याएको हो।

  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved