प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय खोल्न बाणिज्य बैंकलाई राष्ट्र बैंकको निर्देशन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 19, 2018 | 02:00:22 PM मा प्रकाशित

laxmi  sunrise bank

बाणिज्य बैंकहरुले प्रत्येक प्रदेशमा एक एक वटा प्रादेशिक कार्यालय स्थापना गर्नु पर्ने भएको छ  । नेपाल राष्ट्र बैंकले एक निर्देस्हीं जारि गर्दै मौद्रिक नीतिले गरेको ब्यबस्था अनुरुप प्रादेशिक कार्यालय स्थापना गर्न निर्देशन दिएको हो  । 

बैंकहरुले आगामी पुस मसान्तसम्म प्रादेशिक कार्यालय खोल्नु पर्ने छ  ।  बिगतमा स्थापित क्षेत्रिय कार्यालयहरु भए त्यस्ता कार्यालयलाई समेत प्रादेशिक कार्यालयमा रुपानतरण गरिन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ  । ति कार्यालयले प्रदेश अन्तर्गतका शाखाहरुसंग समन्वय, निगरानी, संस्ताहग्त शुशासन, जोखिम ब्यबस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरु गर्नु पर्ने छ  । 

त्यस्तै राष्ट्र बैंकले महानगरपालिका र उपमहानगरपालिका बाहेकका स्थानीय तहमा शाखा खोल्दा राष्ट्र बैंकको अनुमति लिनु नपर्ने ब्यबस्था गरेको छ   । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved