सानिमा बैंक भन्छ: बिद्यालय भवनमा बैंक छ तर बिद्यार्थी टहरामा छैनन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 20, 2018 | 04:34:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले दोलखाको मेलुङ गाउँपालिकामा शाखा स्थापना गरेको बिषय विवादित बनेको छ। बैंकले बिद्यालय भवनमा शाखा स्थापना गरि बिद्यार्थीलाई टहरामा पठनपाठन गर्न बाध्य पारिएको भन्दै यस कार्यको चर्को आलोचना भएको छ। 

तर सो शाखाका शाखा प्रमुख अर्जुन सापकोटाले संचार माध्यममा आएजस्तो र केहि व्यक्तिहरुले भनेजस्तो बिद्यार्थीलाई टहरामा राखेर बिद्यालय भवन प्रयोग नगरेको बिजपाटीलाई बताएका छन। ‘बिद्यालय भवनमा बैंक राखेको हो तर बिद्यार्थी टहरामा छैनन’ उनले भने, '६ कोठा मध्ये २ वटा कोठा मात्रै बैंकले प्रयोग गरेको छ, ४ वटा कोठा विद्यालय आफैले प्रयोग गरेको छ।' 

विद्यालयमा १ सय २५ जना मात्रै विद्यार्थी रहेको जानकारी आफुलाई आएको भन्दै उनले विद्यार्थीलाई टहरामै राखेर विद्यालयले बैंकलाई कोठा दिएको  भन्ने कुरा गलत भएको दाबी गरे। विद्यार्थीहरु कक्षाकोठामै बसेर पठनपाठन गरिरहेको फोटो र भिडियो आफुले दिन सक्ने बताए। दुर्गम भएकाले आफुले चाहेकै बेला इन्टरनेट मार्फत भिडियो पठाउन सक्ने अवस्था नरहेको बताउदै उनले आवश्यक परे आफुले प्रमाण दिन सक्ने बताए।

यता नेपाली काङ्ग्रेस निकट विद्यार्थी संठगन नेपाल विद्यार्थी संघले बैंकले बिद्यालय भवनको दुई कोठा प्रयोग गरेको बिषयलाई राजनीतिक मुद्दा बनाएको छ। संघले एक प्रेस बिज्ञप्ति जारि गर्दै १ हप्ताभित्र त्यहाँबाट बैंक नहटे आन्दोलन गर्ने चेतावनी दिएको छ। 

तर विद्यालयका प्रधानाध्यापक सचिन थोकरले भने विद्यालय भवनको बिकल्पमा अन्य घर नभएकाले बैंकलाई भाडामा दिने सम्झौता गरेको स्वीकार गरेका छन। बैंककै कारण बिद्यार्थी टहरामा पठनपाठन गर्नुपर्ने अवस्था नरहेको उनको दाबि छ। 

नेपाल राष्ट्र बैंकले पत्येक स्थानीय तहमा बैंक पुर्याउने सरकारको योजनालाई कार्यन्वयन गर्न बैंकहरुलाई निर्देशन नै जारि गरेको छ। जस अनुसार करिब ६ सय ३१ स्थानीय तहमा बैंकको शाखा पुगिसकेको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले बताएका छन। ग्रामिण क्षेत्रका स्थानीय तहमा शाखा खोल्न अप्ठ्यारो परेको भएपनि सरकारको लक्ष्यलाई सफल पार्न आफुहरुले जोखिम मोलेर भएपनि शाखा बिस्तार गरिरहेको बैंकर संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाको भनाई छ। 

संघियता चाहने, विकास चाहने तर बैंकको शाखाले विद्यालयको २ वटा कोठा प्रयोग गर्दा यति धेरै हलचल र आलोचना हुँदा सबै स्थानीय तहमा बैंक पुर्याउने सरकारको लक्ष्यमा चुनौती थपिएको छ। 


सानिमा बैंकको घृणित कार्य: आर्थिक प्रलोभनमा पारि विद्यालय भवनमा बैंक, विद्यार्थी टहरामा     



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved