सानिमा बैंक मेलुङ शाखामा काङ्ग्रेसको राजनीति, सरकारलाई नै चुनौति

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 22, 2018 | 12:28:10 PM मा प्रकाशित

laxmi  sunrise bank

दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ४ भेड्पुमा सानीमा बैंकको शाखा खुलेपछि नेपाली काङ्ग्रेस निकट भातृसंस्था नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ । विद्यालय भवनमा बैंक बसेपछि नेविसंघले विद्यार्थीको पठनपाठनमा अवरोध पुग्ने भन्दै तत्काल बैंकलाई अन्यत्र सार्न आग्रह गरेको छ । 

एउटा भवनको दुई कोठामा बैंक बस्ने र अर्को ४ कोठामा बिद्यार्थीलाई पठनपाठन गराउने कुरा गलत भएको भन्दै नेविसंघ दोलखाका अध्यक्ष भिम खड्काले गाउँपालिका अध्यक्ष, विद्यालय व्यबस्थापन समिती र प्रधानाध्यापकले विद्यालयलाई राजनीति गर्ने थलो बनाएको आरोप लगाए ।

“बैंक आवश्यक हो, तर विद्यालय भवनको आधामा विद्यार्थी र आधामा बैंक रहँदा बैंकमा आवतजावत गर्ने मानिसहरुको कारणले बालबालिकाको शैक्षिक अबस्थामा असर पुग्ने भएर हामीले बैंकलाई अन्यत्र सार्न आग्रह गरेका छौँ” उनले भने, “बैंकले नजिकै भएका भवन प्रयोग गर्नुपथ्र्यो, तर राजनीतिक आडमा विद्यालयमा राखियो ।”

बैंकलाई जतिसक्दो चाडो अन्यत्र सारेर बालबालिकाको शैक्षिक अधिकार सुनिश्चत गर्न उनले गाउँपालिकासँग आग्रह पनि गरे । अनेरास्ववियुले पनि विद्यालय भवनबाट बैंकलाई हटाउन माग गरेको छ । 


विद्यालयका प्रधानाध्यापक सचिन थोकरले भने विद्यालय भवनको बिकल्पमा अन्य घर नभएकाले बैंकलाई भाडामा दिने सम्झौता गरेको स्वीकार गरेका छन । बैंककै कारण बिद्यार्थी टहरामा पठनपाठन गर्नुपर्ने अवस्था नरहेको उनको दाबि छ । 

यता सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले गाउँपालिका प्रमुखले खोजेको ठाउँमा बैंकको शाखा राखिएको बताउदै बैंक आवश्यक छैन भन्ने हो भने आफूहरु फर्किन तयार रहेको बताएका छन् । “नेपाल सरकार तथा राष्ट्र बैंकको गाउँ गाउँमा बैंकिङ्ग सेवा पुर्याउने लक्ष्यलाई सहयोग गर्न हामी मेलुङ गएका हौ, भोली नै फर्कि भन्ने हो भने पनि हामी फर्किन तयार छौँ” उनले भने ।

सीइओ दाहालले मेलुङमा शाखा खोलिएको बिषयलाई राजनीतिक नबनाउन आग्रह गरेका छन । “बैंकलाई स्थानीय राजनितीमा नजोड्नुहोस्, हामी स्थानीयलाई सेवा दिन आएका हौँ, यदि फर्कि भन्नुहुन्छ भने तत्काल फर्किन तयार छौँ” उनले  भने । 

यसरी बैंकले शाखा सञ्चालनमा ल्याएको विषयलाई राजनितीक मुद्धा बनाउँदा स्थानीय तहको वित्तिय कारोबार गर्न सबै स्थानीय तहमा बैंक पुर्याउने सरकारको लक्ष्यमा चुनौति थपिएको छ । संघियता कार्यान्वयनको चरणमा रहेको बेला सामान्य विषयलाई समेत स्वीकार नगरी राजनीति गर्ने परिपाटीले संघियता नै धरापमा पर्ने खतरा समेत बढ्न थालेको छ ।  

यो पनि :

सानिमा बैंक भन्छ: बिद्यालय भवनमा बैंक छ तर बिद्यार्थी टहरामा छैनन

सानिमा बैंकको घृणित कार्य: आर्थिक प्रलोभनमा पारि विद्यालय भवनमा बैंक, विद्यार्थी टहरामा


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved