एनआईसी एशियाका ग्राहकले बैंकबाटै सुर्या लाईफ इन्स्योरेन्सको पोलिसीहरु खरिद गर्न सक्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 22, 2018 | 07:43:11 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंक लिमिटेडले सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

यस सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २३२ वटै शाखाहरुबाट सहज रुपमा सुर्या लाईफ इन्स्योरेन्स कम्पनीको जिवन बिमा पोलिसीहरु खरिद गर्न सक्ने छन्। उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत  रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका हुन्। 

बैंकले मुलुकभर २३२ शाखा कार्यालयहरु, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको वासलातको आकार रू. १७५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५० अर्ब  रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved