एनआईसी एशिया र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 23, 2018 | 05:29:23 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक लिमिटेड र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता पश्चात अब बैंकका ग्राहकले बैंकका २३३ वटै शाखाहरुबाट नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरु खरिद गर्न सक्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए । 

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरे । बैंकले हाल २३३ शाखा, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved